मा प्रकाशित
चैत २६, दाङ ।
पछिल्लो चरणमा भारतमा लगातार काेराेना सङ्क्रमण।वृद्धि हुँदै जान थालेकाे छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ छ ।
हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।