गजल : सरू बस्नेत – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गजल : सरू बस्नेत

    मा प्रकाशित

सरू बस्नेत
मान्छेको पहिचान उसको संस्कारमा देखिन्छ
देख्न हुने, नहुने दुर्घटना यो संसारमा देखिन्छ

एकपल्टको जित सधैंको जित देखिन्न हजुर
अर्को अवसर र सम्मान, जुन हारमा देखिन्छ

आज हो कि भोलि छोड्नु त छँदै छ दुनियाँ
निर्दयी भित्ताको घडी सधैँ हतारमा देखिन्छ

जिन्दगीलाई शब्द बाट परिभाषित गर्नुभन्दा
नियाली हेर्नुस् जीवन नदी किनारमा देखिन्छ

महोदय,तपाईं अरूको अवगुण नगाउनुहोस्
जहाँ गुण भन्दा अवगुण, हजारमा देखिन्छ।

निजगढ बारा

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्