मा प्रकाशित
चित्र बहादुर गुरुङ
जेठ ४, गोरखा ।
कोरोना सङ्क्रमणबाट गोरखा शहिद लखन गाउँपालिकामा एक शिक्षकको आज मृत्यु भएको छ । सिरानचोक गाउँपालिका ५ घर भई शहिद लखन गाउँपालिका ७ मा रहेको शहिद स्मृति मावि बुंकोटमा अध्यापन गराउने ३८ वर्षिय शिक्षकको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
चितवन मेडिकल कलेजमा मृत्यु भएका उनी गोरखा सदरमुकाममा बस्दै आएका थिए । ३८ बर्षका ति शिक्षकको सोमबार राती ११ बजे मृत्यु भएको थियो ।