सिचाईको समस्यासँग जुद्धै आएका कृषक भन्छन् ‘छानाबाट झर्ने पानी पाइपबाट खेतमा लानुपर्ने बाध्यता’ – Kanika Khabar
Sunday, April 28Nepali News Portal

सिचाईको समस्यासँग जुद्धै आएका कृषक भन्छन् ‘छानाबाट झर्ने पानी पाइपबाट खेतमा लानुपर्ने बाध्यता’

    मा प्रकाशित

शिवु खनाल
दाङ, ६ जेठ
सिँचाईको असुविधा छ, आकाशे पानीको भरमा खेती गर्नुपर्छ । गाउँमा पर्याप्त सिचाईको सुविधा नभएकै कारण खेतमा पानी दिन छानाबाट झर्ने पानी पाइपबाट ट्याङ्कीमा जम्मा पार्छन् । सिचाईको समस्यासँग जुद्धै आएका दाङको लमही नगरपालिका वडा नम्बर ९ हर्दवाका स्थानीयहरु पानी पर्दा खुसी बन्छन् । खेतमा लगाइएका तरकारीलाई चाहिने पानी जम्मा पार्न कस्सिन्छन् । लमही नगरपालिका वडा नम्बर ९ हर्दवा निवासी स्थानीय अमर कुँवर (नवीन) ले भन्नुभयो,–। ‘हर्दवा गाउँको मुख्य आम्दानीको स्रोत नै बाख्रापालन र तरकारी र हो । तर, सिँचाईको असुविधा छ, भिराला जग्गामा खोलाखालीबाट पानी लैजान गारो छ ।
पूर्वपश्चिम राजमार्ग देखि छेवैमा रहेको हर्दवा गाउँका करिब पँचास घरधुरी संख्याले अकाशे पानीको भरमा सिचाई गर्दै आएका छन् । हर्दवा गाउँमा रहेको तीस बिगहा जग्गा आकाशे पानीको भरमा सिचाइ हुन्छ, स्थानीय कृषक अमर कँवर (नवीन)ले भने,–। ‘समयमा पानी परेन भने सबै जनिम बाझो हुन्छ । जहिल्यै वर्षा हुन्थ्यो त्यहिबेलाबाट सिचाइ गरिन्थ्यो । वरपरका खोला नाला सुख्खा हुन्छ । जस्ले गर्दा हर्दवा गाउँका करिव तीस बिगहा जग्गा बाजो हुन्थ्यो । खडेरी हुने सुख्खा रहने गरेर जमिन चिरा चिरा पथ्र्यो । वर्षामा मकै हिउँदमा अलिअलि तोरी बाहेक अन्य खेती सिचाइ नभएकै कारण गर्न गाह्रो हुने गरेको स्थानीय नारायण योगीले बताए । उहाँका अनुसार सिँचाईको असुविधाका कारण तरकारी खेति, गहुँ, लगायत अन्नबाली उब्जनी हुने जमिन बाझो छन् ।
बाध बानेर कृतीम तालको पानी हर्दवा गाउँमा
हर्दवामा रहेको हाल तीस बिगहा खेतीयोग्य जमीन गुप्ती तालमा संकलित पानीबाट सिचाई गर्न थालिएको छ । तालको करिब ८० प्रतिशत भागमा सिंचाइ संरचना निर्माण गरिएको छ । तालबाट दुईवटा सिचाईको पाइपबाट गाउँमा बाह्रै महिना सिंचाइ सुविधा पु¥याउने लक्ष्य पुरा भएको स्थानीयहरु बताउने गरेका छन् । गाउँमा सिचाईको सुविधा भएसंगै वर्षौदेखि बाझा जनिममा हरियाल छाएको छ । स्थानीयहरु खेतीपातीमा लागी परेका छन् ।
प्रचारप्रसारको कारण ओझेलमा गुप्ती ताल
लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा रहेको गुप्ती ताल यतीबेला ओझेलमा रहेको छ । तालको प्रचारप्रसार नभएकै कारण ओझेलमा पर्दै गएको स्थानीयहरुले बताउने गरेका छन् । राजमार्ग देखि करिब एक किलोमिटर भित्र गुप्ती सामुदायिक वन भित्र रहेको उक्त कृतिम तालको क्षेत्रफल लम्बाई एक किलोमिटर चौडाई असि मिटर रहेको छ । तालमा सधै पानी भरिभराउ हुन्छ । चुरे क्षेत्रको फेदरमा रहेको गुप्ती तालको संरक्षण गर्न आवश्यक रहेको स्थानीय अमकर कँवर (नवीन)ले बताए । उहाँले भने,–। ‘यस तालको संरक्षण र प्रर्वद्धनमा सम्बनधीत निकायले चासो नदेखाएकै कारण ओझेलमा परेको हो । ताललाई संरक्षण गरेर पर्यटकिय क्षेत्रको रुपमा विकास गरि आन्तरिक तथा बाहर्य पर्यटकहरु भित्रायाउन सके यसक्षेत्रका नागरिकहरु आर्थिक रुपले समृद्धि हुने थिए ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्