मा प्रकाशित
जेठ २७, दाङ ।
मन्त्री परिषद् विस्तारपछि आज नै मन्त्रीपरिषदको पहिलो बैठक बसेको छ । वैठकमा सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जालमार्फत सरकारको प्रवक्तामा सञ्चार र तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरिएको जनाएका छन् ।
आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम कर्तव्यबारे सम्झाएका थिए ।