दुई हजार ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, May 2Nepali News Portal

दुई हजार ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    मा प्रकाशित

भदौ ११, दाङ ।
पछिल्लो २४ घण्टामा देशभर थप दुइ हजार ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ५२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७७ र चार हजार तिन ६५ को एन्टिजेन परीक्षणमा चार सय ८८ जना गरी दुइ हजार ६५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने दुइ हजार तिन ३७ जना सङ्क्रमणमुक्त भएका छन् ।

 

आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३७ हजार ५९९ जना रहेको छ । जस मध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

कोरोनाका बिरामी मध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २० जना सङ्क्रमित थपिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्