एजेन्सी ।
तालिबानले काबुल विमानस्थल नियन्त्रण हासिल गर्नका लागि अमेरिकीको संकेतको प्रतीक्षामा भएको बताएको छ ।तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले सो कुरा बताएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
सञ्चार माध्यमसँग कुराकानी गर्दैप्रवक्ता मुजाहिदले आफूसँग प्राविधिक विशेषज्ञ र इन्जिनियरहरुको समूह भएको र उनीहरुले विमानस्थलको प्रणाली चलाउन सक्ने बताउनुभएको हो । जबिहुल्ला मुजाहिदले हिजो तालिबानले अफगानिस्तानका ३४ प्रान्तमध्ये ३३ गभर्नर र प्रहरी प्रमुखको नाम निश्चित गरेको छ र चाँडै नै देशको आर्थिक स्थिति सुधारका लागि काम सुरु गरिने बताउनुभयो ।