अखिल ( क्रान्तिकारी ) को २२ औँ दाङ जिल्ला सम्मेलनकाे तयारी तीब्र – Kanika Khabar
Sunday, April 28Nepali News Portal

अखिल ( क्रान्तिकारी ) को २२ औँ दाङ जिल्ला सम्मेलनकाे तयारी तीब्र

    मा प्रकाशित

शिवु खनाल
दाङ, २१ भदौ ।                                                       अखिल ( क्रान्तिकारी ) को २२ औँ दाङ जिल्ला सम्मेलन भब्य रुपले सम्पन्न गर्नेको लागी विभिन्न जिम्मेवारी बाडफाड गरिएको छ । अखिल ( क्रान्तिकारी ) दाङका संयोजक जंग रोकाको अध्यक्षता एवम् अखिल ( क्रान्तिकारी ) दाङ जिल्ला इन्चार्ज सन्तोष पोखरेलको प्रमुख आथिथ्यो तथा अखिल ( क्रान्तिकारी ) दाङ जिल्ला सह-इन्चार्ज दुर्गा बिकको विशिष्ट अतिथिमा बसेकाे बैठकले भाद्र २८ गते घोराहीमा भव्य रूपमा सप्पन्न हुने अखिल ( क्रान्तिकारी ) को २२ औँ जिल्ला सम्मेलन लागी आयोजक कमिटीको ३१ जना संख्या र जिल्लामा रहेका दुई उपमहानगर पालिका देखि ४५/४५ जाना, लमही नगरपालिका देखि ३५ जाना र अन्य ७ जिल्लाका गाउँ पालिका देखि १०/१० जाना गरि जम्मा दुईसय ३१ जाना प्रतिनिधि रहने निर्णय गरिएको समितिका प्रसारप्रचार विभाग समितिका संयोजक मोहनराज भुसालले जानकारी दिनुभयो ।

साथै दाङ जिल्लाको २२ औँ सम्मेलनलाई भब्य बनाउनको लागी विभिन समितिहरु गठन गरिएको भुसालले जानकारी दिनुभयो । जस अन्तरगत प्रतिबेदन लेखन समितिको संयोजक जंग रोका, प्रतिनिधि अभिलेखिकरण समितिको संयोजक गिरबाहादुर महरा, अथिती व्यवस्थापन समितिको संयोजक कल्याण अधिकारी, हल व्यवस्थापन समितीको संयोगजक निशल केसी, स्वसेवक समितिको संयोजक गोबिन्द मल्ल, प्रसारप्रचार विभाग संयोजक मोहनराज भुसाल र स्वास्थ विभाग संयोजकमा रामचन्द्र बुढा मगर रहनु भएको छ ।

त्यस्तै बैठकले जिल्लाका प्रमुख क्याम्पसहरुको संयोजक र सह-संयोजक मनोनीत गरिएको छ । जस अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस घोराहीको संयोजक मनिस पाण्डे , सह-संयोजक आकाश बिक, देउखुरी बहुमुखी क्याम्पस लमहीकाे संयोजक हरि खनाल, सह-संयोजक गिता सुवेदी, राप्ती बबाइ क्याम्पस तुल्सिपुरको संयोजक रामचन्द्र बुढा रहनु भएको छ ।

साथै प्रचार प्रसार संयोजक भुसालका अनुसार सबै पालिका प्रतिनिधिहरुको नाम २०७८/५/२७ गते सम्म जिल्ला कार्यलयमा पुर्‍याउनु पर्ने र उक्त प्रतिनिधिको नामावली पठाउदा अखिल ( क्रान्तिकारी ) का सम्बन्धित स्थानीय तहको अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का स्थानीय तह का पार्टी अध्यक्ष को संयुक्त हस्ताक्षर अनिवार्य हुनुपर्ने छ।।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्