अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस – Kanika Khabar
Monday, April 29Nepali News Portal

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस

    मा प्रकाशित

काठमाडौँ, भदौ २५ । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८/७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो ।

उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उहाँले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैँ उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्