थरुहट थारुवान निर्णायक आन्दोलनकाे तयारीमा – Kanika Khabar
Thursday, May 2Nepali News Portal

थरुहट थारुवान निर्णायक आन्दोलनकाे तयारीमा

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २० असाेज ।
टिकापुर घटनामा निर्दोष ब्यक्तिलाई सरकारले फसाउन खोजिरहेको भन्दै त्यसको विरुद्धमा थरुहट थारुवान संघर्ष समितिले निर्णायक आन्दोलन गर्ने जनाएको छ । संघर्ष समितिले थरुहट थारुवानका नेता रेशम चौधरी सहित टिकापुर घटनामा प्रक्राउ परेका थरुहट थारुवानका नेता कार्यकर्ताको विना शर्त रिहाईको माग गर्दै निर्णायक आन्दोलन तयारी गरिरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । थरुहट थारुवान संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले दाङको लमहीमा पत्रकार सम्मेलन गरी टिकापुर घटनाको सत्यतथ्य छानविन हुनुपर्ने र विना कारण प्रक्राउ गरेको नेता रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई हुनुपर्ने शर्त अघि सार्नुभएको छ । नेता थारुले टिकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न आग्रह गर्नुभएको छ ।
अबको आन्दोलन निर्णायक हुने र काठमाण्डौ केन्द्रित हुने लक्ष्मण थारुले जानकारी दिनुभयो । सरकारले घटना भएको ६ बर्ष सम्म पनि घटनाको यर्थात बाहिर नल्याएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । घटनाको यर्थात बाहिर ल्याएको छैन, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्छ, दोषी उम्कन हुदैन, निर्दाेष फस्नु हुदैन, यदि यो भएन भने हामी निर्णायक आन्दोलन गर्छाै, उहाँले भन्नुभयो । थरुहट थारुवानले तेस्रो चरणको आन्दोलनको तयारीको लागि मेची महाकाली अभियान शुरु गरेको छ ।
साउन महिनाबाट शुरु भएको अभियान जारी रहेको र यो अभियानमा शक्ति संचय गर्ने गरी काम भइरहेको बुझीएको छ । संगै नेता कार्यकर्ता भेटघाट र प्रशिक्षण भइरहेको छ । २०७२ भदौ ७ गते कैलालीको टिकापुर घटनामा सुरक्षा कर्मीका उच्च पदस्थ व्यत्ति सहितका सुरक्षा कर्मीको हत्या भएको थियो । उक्त घटनामा रेशम चौधरी संलग्न रहेको अभियोगमा जेलमा छन् । २०७४ सालको संघीय चुनावमा वारेस नामबाट उम्मेदवारी दर्ता गराएर निर्वाचित भएर पनि साँसद चौधरी संसदमा उपस्थित हुन पाएका छैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्