केपीका कारण कम्युनिस्ट पार्टी पुन गठन : नेता चौधरी – Kanika Khabar
Sunday, April 28Nepali News Portal

केपीका कारण कम्युनिस्ट पार्टी पुन गठन : नेता चौधरी

    मा प्रकाशित

शिवु खनाल
गुल्मी, १ कात्तिक ।
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी वलीका कारण कम्युनिस्ट पाटी पुनः गठन गरेको बताएका छन् । एकीकृत समाजवादी पाटी गुल्मीको प्रथम भेलालाई सम्वोधन गर्दै नेता चौधरीले केपी वलीले नेतृत्व गरेको पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीको रुपमा एकीकृत समाजवादी गठन गरेको वताए ।
उनले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुसंग एकता गर्दै कम्युनिस्ट पार्टीको नेतृत्व समेत एकीकृत समाजवादी पार्टीले गर्ने दावी गरे । प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणि चौधरीले केपी वली पार्टीले आगामी निर्वाचनमा जनतासंग मत माग्ने नैतिकता समेत गुमाएको वताए । अब केपी वलीले नेतृत्व गरेको पार्टी चुनावमा हामीलाई विजयी वनाएर पठाउनुस हामी पटकपटक ससंद विघटन गरेर देखाउँछौ भन्दै भोट माग्छन त, उनले भने, त्यसकारण केपी वलीको पार्टी नेपालवाट छिट्टै विलय भएर जान्छ ।’
उनले कम्युनिस्ट पार्टीको नाम वेचेर झापावाट पटकपटक निर्वाचन जित्ने केपी वलीले अवको निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनौती दिए । कार्यक्रममा पाटीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाक्रि, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले वोलेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्