कार्तिक ७, दाङ ।
दाङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको कन्जवारबाट बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानरपालिका–१५ निबासी २१ वर्षका अमर रावत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
गत असोज ६ गते राति करिव साढे आठ बजे एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा युवकलाई प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । युवक विरुद्ध जाहेरी परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।