दिल्लीमा बढेको प्रदुषणले बालबालिका सबैभन्दा बढी प्रभावित – Kanika Khabar
Thursday, May 2Nepali News Portal

दिल्लीमा बढेको प्रदुषणले बालबालिका सबैभन्दा बढी प्रभावित

    मा प्रकाशित

भारतको राजधानी नयाँदिल्ली क्षेत्रमा बढेको प्रदुषणले बालबालिका सबैभन्दा बढी प्रभावित भएको पाइएको छ।नयाँदिल्ली अस्ति शुक्रबार संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको थियो। विज्ञ तथा सरोकारवालाले प्रदुषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वायु प्रदुषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने उनीहरूको भनाइ छ। विशेष गरेर बालबालिकामा स्वासप्रश्वाससँगै मानसिक समस्या देखिनसक्ने विज्ञले चेतावनी दिएका छन् । आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामी अस्पताल जाने क्रम बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्