“विविधता” गीतिसङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न – Kanika Khabar
Sunday, April 28Nepali News Portal

“विविधता” गीतिसङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न

    मा प्रकाशित

कार्तिक २६, दाङ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८२अाैँ श्रृङ्खलामा गीतकार प्रकाशचन्द्र घिमिरेको विविधता गीतिसङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्य नारायणप्रसाद शर्माकाे प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार डा अमर गिरी र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे विशिष्ठ आतिथ्यमा भएको हाे ।
वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा गाेविन्द अाचार्यले “विविधता” गीतिसङ्ग्रहकाे समीक्षा गर्नु भएकाे थियाे भने साे गीतिसङ्ग्रहका गीतकार प्रकाशचन्द्र घिमिरेले अाफ्ना धारणा राख्नु भएकाे थियाे ।
कार्यक्रममा विविधता गीतिसङ्ग्रहकाे समीक्षामा अाएका भनाइहरूलाई टिपाेटकर्ताकाे रूपमा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार साहित्यकार कमलमणि देवकोटाले टिपाेट गर्नु भएकाे थियाे ।
कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।
साहित्यकारहरू डा.कृष्णराज डिसी, शंकर पाैडेल, नगेन्द्र गुरु, धनसिङ गिरी, गिरिराज पन्थी, सरिता देवकोटा, हरीप्रसाद पौडेल स्वर्णशिखा, शुभाष न्यौपाने, भुपेन्द्र सुवेदी, कमला रिजाल, गुरूप्रसाद केसी, नारदप्रसाद भण्डारी, संगीत मगर, हिमाल वली पृथक, धनश्याम केसी, श्रवण नेपाली, बिक्रम वलि, नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, पत्रकार गाेविन्द खड्का समाजसेवी श्रीधरकुमार लम्साल, गुणाकर भुषाल, भिमप्रसाद लम्साल,
राजेशकुमार अाचार्य, चुडामणि पाण्डेयलगायतकाे उपस्थिति रहेकाे थियोे ।
उक्त समीक्षा कार्यक्रममा “विविधता” गीतिसङ्ग्रहकाे समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले गीतकार प्रकाशचन्द्र घिमिरेलाई प्रशंसा-पत्र प्रदान गरिएकाे थियाे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सञ्चालन परिषद् जिल्ला शाखा दाङका सचिव प्रकाश केसीले गर्नु भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्