प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै – Kanika Khabar
Thursday, May 2Nepali News Portal

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

    मा प्रकाशित

कार्तिक ३०, सुनसरी ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो ।

 

प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।सभामुख प्रदीपकुमार भण्डारीले आज दिउसो साँढे १२ बजे प्रदेशसभा बैठक बोलाउनुभएको छ । पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकोले मुख्यमन्त्री राईले विश्वासको मत पाउनुहुने देखिन्छ ।

 

९२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक पर्छ । मुख्मयन्त्री राईले विश्वासको मत लिएपछि बाँकी रहेका दुई मन्त्रालयले पनि पूर्णता पाउनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्