मा प्रकाशित
काठमाडौं, २२ मंसिर । भारतीय रक्षा प्रमुख (चिफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सिरिजको हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा प्रवचन दिएर फर्कंदै गर्दा रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको हो । रावत कुन्नुरहुँदै दिल्ली फर्कने कार्यक्रम थियो ।
घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेलापरेका र अन्यको खोजी कार्य चलिरहेको छ ।
उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।
इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।