कनिका डेस्क मंसिर २५, दाङ । नेपाली कांग्रेसको आगामी सभापतिका लागि ६ जना बिच प्रतिष्पर्धा हुने देखिएको छ । हालका सभापति शेरबहादुर देउवा संगै अन्य ५ जनाले सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् । सभापतिका लागि ६ जनाको उम्मेदवारी परेसँगै पहिलो चरणमै कांग्रेसले नेतृत्व पाउने सम्भावना कम बनेको छ । ४७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने चुनावमा सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सो मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।
यी हुन् सभापति पदका उम्मेदवारहरु
१)शेरबहादुर देउवा
२)डा. शेखर कोइराला
३) प्रकाशमान सिंह
४) बिमलेन्द्र नीधि
५) कल्याण गुरुङ
६)युवराज न्यौपाने