यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार यस वर्ष २०७७ र २०७८ बाट आचार्यद्वय पुरस्कृत हुने – Kanika Khabar
Thursday, May 2Nepali News Portal

यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार यस वर्ष २०७७ र २०७८ बाट आचार्यद्वय पुरस्कृत हुने

    मा प्रकाशित

दाङ, २१ पुस ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले हरेक वर्ष प्रदान गर्दै आइरहेको यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार यस वर्ष २०७७ र २०७८ को पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार तथा पुरस्कार छनौट समितिका संयोजक डा.लोकराज पराजुलीको अध्यक्षतामा मिति २०७८ पुस १९ गते घोराहीमा बसेको पुरस्कार छनौट समितिको बैठकबाट २०७७ का लागि डा.गोबिन्द आचार्य र २०७८ का लागि अर्जुन मिलन (डा.भीमार्जुन आचार्य) लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कृत प्रतिभा छनौट समितिका सदस्यहरूमा  विश्व कीर्तीमानी संङ्गीतकार सन्तोष श्रेष्ठ र परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्मा सदस्य रहेको तीन सदस्यीय प्रतिभा छनौट समिति रहेको थियो ।

पुरस्कार राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको बार्षिक उत्सवकाे अवसरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्