नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने – Kanika Khabar
Thursday, May 16Nepali News Portal

नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

    मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आउँदो चैत १० गते थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाका अनुसार नेपाली टोलीले थाइल्याण्डको स्थानीय क्लब चोनबुरीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ। दुबै खेल थाइल्याण्डमा हुनेछन् । थाइल्याण्ड फिफा वरीयतामा १ सय १२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ।

यी खेललाई अगामी एएफसी कप क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ। नेपालले पछिल्लो पटक मरिसससँग मैत्रीपूर्ण खेल खेलेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्