मा प्रकाशित
कनिका खवर
असार ४, दाङ ।
आज बिहिबार साँझ काठमाण्डौ उपत्यका लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार साँझ ७ बजेर १ मिनेटमा काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूपम्पको तिव्रता ३.८ रेक्टर स्केल भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प गए लगत्तै मानिसहरु घरबाट बाहिर निस्किएको र भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो ।