आज पनि विभिन्न स्थानमा भारी वर्षा हुने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

आज पनि विभिन्न स्थानमा भारी वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान मौसमविद्हरुको रहेको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्र्रदेश २, प्रदेश ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही ठाउँमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्