माउन्ट भ्युका विद्यार्थीले बनाए विज्ञानका विषय बस्तु सजिलै भर्चुअल माध्यमबाट बुझ्ने र बुझाउने एप्लिकेसन – Kanika Khabar
Sunday, April 28Nepali News Portal

माउन्ट भ्युका विद्यार्थीले बनाए विज्ञानका विषय बस्तु सजिलै भर्चुअल माध्यमबाट बुझ्ने र बुझाउने एप्लिकेसन

    मा प्रकाशित

असार ११, दाङ ।
दाङको घोराहीस्थित माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले विद्यालय तहमा विज्ञानका विषय बस्तु सजिलै भर्चुअल माध्यमबाट बुझ्ने र बुझाउने एप्लिकेसन बनाएका छन् ।

जनकपुरमा राष्ट्रिय युवा परिषद् नेपालको आयोजना तथा विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्रको सहआयोजनामा गरिएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन २०७९ मा आफ्नो प्रस्तुती दिँदै उनीहरु जुनियर तर्फ प्रथम स्थान हासिल गरेका छन ।

आयोजक संस्था विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्रका हरिप्रसाद पौडेलले दिएको जानकारी अनुसार सहभागि कक्षा ११ विज्ञान संकायमा अध्यनरत अविरल रिजाल र कीर्तन भण्डारीले वेस्ट पोस्टर अवार्ड पाएका छन ।

विद्यालय तहमा पठन पाठन हुने सामाग्री लाई भर्चुअल माध्यम बाट विद्यार्थी लाई सजिलै बुझ्न र बुझाउन सकिने गरी बनाइएको एप बाट शिक्षक ले कक्षाकोठामा विद्यार्थीलाई अति सरल तरिकाले विज्ञानका जटिल सिद्धान्तहरू सजिलै बुझाउन सक्ने दावी उनीहरूले गरेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्