कविता संग्रह ‘राष्ट्रियता जागरण’ लोकार्पण – Kanika Khabar
Sunday, May 19Nepali News Portal

कविता संग्रह ‘राष्ट्रियता जागरण’ लोकार्पण

    मा प्रकाशित

दाङ,२९ साउन ।
साहित्यकार कुलबहादुर ओलीद्वारा लिखित कविता संग्रह ‘राष्ट्रियता जागरण’ को लोकार्पण गरिएको छ । लेखक संघ दाङको आयोजनामा शनिवार घोराहीमा भएको कार्यक्रममा प्राज्ञिक सदस्य डा. गोविन्द आचार्यले कविता संग्रहको लोकार्पण गरेका हुन ।

घोराही निवासी साहित्यकार ओलीको राष्ट्रियता जागरण पहिलो कविता संग्रह हो । कविता संग्रहमा राष्ट्र, राष्ट्रियता, जागरण, शान्ति, शिक्षा र सस्कारलगायतका विभिन्न विषयमा समेटिएका ३५ वटा कविताहरु रहेका छन् ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्योपानको अध्यक्ष तथा प्राज्ञिक सदस्य डा। गोविन्द आचार्यको प्रमुख आतिथ्यता एवं लेखक संघ दाङका सस्थापक अध्यक्ष शंकरप्रसाद पौडेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सरल भाषामा लेखिएको कविता संग्रह राष्ट्रियता जागरणले देशप्रतिमा प्रेम देखाएको बताएका थिए ।

साथै उनीहरुले नयाँ पुस्ताहरुमा हराउँदै गएको राष्ट्रियताप्रति भावना,नैनिक शिक्षालगायतको सन्देश पुस्तकले दिने बताएका थिए । कविता संहग्रको समिक्षा साहित्यकार डा। कृष्णराज डिसीले गरेका थिए ।

कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय सस्थापक अध्यक्ष पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रगतिशिल लेखक संघका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, सिस्नुपानी नेपाल दाङ शाखाका अध्यक्ष डा लोकराज पराजुली, साहित्यकार हुमबहादुर डिसीलगायतले मन्तव्य तथा रचना बाचन गरेका थिए । कार्यक्रममा लेखक ओलीले मन्तव्यसँगै रचना बाचन गरेर समेत सुनाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्