४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोला आजदेखि प्रतिबन्ध – Kanika Khabar
Sunday, April 28Nepali News Portal

४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोला आजदेखि प्रतिबन्ध

    मा प्रकाशित

भदौ १, काठमाडौँ ।
सरकारले आजदेखि लागू हुनेगरि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजदेखि कडाइका साथ लागू गर्न निर्देशन दिएको हो ।

 

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरि यो नियम जारी गरिएको थियो । तर, प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । यस्तै गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो। तर, अब भने ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन र कारोबार भए/नभएकोबारे आजदेखि नै अनुगमन गर्ने वातावरण विभागले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्