दाङ, २४ माघ ।
दाङकाे घाेराहीमा अवस्थित लिटल एन्जल स्कुलले २६ ओैँ वार्षिकोत्सवकाे अवसरमा खेलकुद कार्यक्रम सम्पन्न गरेकाे छ ।
वार्षिकोत्सवकाे अवसरमा भएकाे खेलकुद कार्यक्रममा रनिङ सिल्ड सम्पन्न भएकाे हाे ।
रनिङ सिल्डकाे उपाधि चुरे च्याम्पियनले चुमेकाे हाे । वार्षिक उत्सवकाे अवसरमा भएका विभिन्न खेलहरूमा चुरे च्याम्पियनले २० वटा स्वर्ण, १२ रजत र १३ कास्य पदक प्राप्त गरी लिटल एन्जल रनिङ सिल्ड हात पार्न सफल भएकाे हाे ।
कार्यक्रममा अन्नपूर्ण राेयल, भेरी लायन्स , चुरे च्याम्पियन र धवलागिरि किङ्स समूह सहभागी भएका थिए ।