दक्षिण अफ्रिका क्रिकेट टिमको प्रशिक्षण सुरु – Kanika Khabar
Monday, May 6Nepali News Portal

दक्षिण अफ्रिका क्रिकेट टिमको प्रशिक्षण सुरु

    मा प्रकाशित

कनिका डेस्क
असार १७, दाङ

दक्षिण अफ्रिका क्रिकेट टिमका खेलाडीले कोरोना भाईरसको महामारीको कारण लामो समयदेखि स्थगित टिमको प्रशिक्षण सुरु गरेका छन् । सरकारले प्रशिक्षणका लागि अनुमति दिएपछि सोमबारबाट दक्षिण अफ्रिकाका क्रिकेट टिमले प्रशिक्षण थालेका हुन् । दक्षिण अफ्रिका क्रिकेट बोर्डले हाई पर्फमेन्स ट्रेनिङ टिममा रहेका खेलाडीले प्रशिक्षण सुरु गरेको जनाएको छ । बोर्डको हाई पर्फमेन्स ट्रेनिङ टिममा ४४ जना खेलाडी रहेका छन् । हाई पर्फमेन्स ट्रेनिङ टिममा डेल स्टेन परेका छैनन् । तर, खेलाडीले ठूलो समूहमा ट्रेनिङ गर्न भने पाउने छैनन् । उनीहरूले आफ्नो नजिकको मैदानमा गएर सेल्फ प्रशिक्षण र सानो समूह बनाएर परीक्षण गर्नु पर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्