मा प्रकाशित
दाङ, १३ चैत्र ।
नेपाल प्रहरीका चार जना डीआइजीहरु एआइजीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा सिफारिसमा पर्नेहरूमा सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ रहेकाे गृह मन्त्रालयले जनाएको छ ।
६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ ।
तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएका छन् ।