भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै

    मा प्रकाशित

कनिका डेस्क
असार २०, दाङ
भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये चार सय ४१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ हजार ६ सय नाघेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्