उत्कृष्ट कृषक सम्मानित तथा पुरस्कृत – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

उत्कृष्ट कृषक सम्मानित तथा पुरस्कृत

    मा प्रकाशित

सरद सागर देबकोटा
असार २९, दाङ ।

लमही नगरपालिका स्तरीय पशुसेवा उपशाखा कार्यालय लमही दाङले आज सोमबार विभिन्न ९ जना उतृकृष्ट कृषकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले नगरपालिका क्षेत्रभित्र रहेका उत्कृष्ट पशुपन्छी पालक कृषकहरुलाई सम्मानित तथा पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुनेहरुमा लमही नगरपालिका वडा नम्बर १ पुन बङ्गुर फर्मका कमल पुन, वडा नम्बर २ ओम पोल्ट्री फर्मका सन्देश डिसी, वडा नम्बर ३ किसान पशुपन्छि फर्मका लोकमणी बन्जाडे, वडा नम्बर ४का प्रभात कृषि तथा पशुपन्छि फर्मका रबिन डाँगी, वडा नम्बर ५का श्यामसुन्दर चौधरी, वडा नम्बर ६ कमला पशुपन्छि फर्मका कमला देबि खनाल , वडा नम्बर ७ बाट स्वर्गद्वारी कृषि पशुपन्छि फर्मका घनश्याम सुबेदी, वडा नम्बर ८बाट बुद्ध बहुउद्देश्यीय पशुपालन फर्मका गोपाल चौँधरी र वडा नम्बर ९बाट केदारबाबा पशु फर्मका गंगा घर्तीलाई पुरस्कृत एबम सम्मानित गरिएको हो ।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले कृषकहरुलाई उत्प्रेरणा जगाउन र उत्साहित पार्न सम्मान तथा पुरस्कारको ब्यबस्था गरिएको बताए । कृषकको हितका लागि लमही नगरपालिका सधै साथमा भएको भन्दै कृषकको जीवनस्तर उकास्न पेसा व्यवसाय नै भरपर्दो माध्यम भएको बताए । आवश्यकता भन्दा अनुमानको भरमा कार्य सम्पादन गर्ने परम्परागत परिपाटीले कृषकको समस्या सही तरिकाले सम्बोधन हुन नसकेको बताए । कार्यक्रमको सचालन कृषि तथा पशुपछि उपशाखा लमहीका प्रमुख शिबराज न्यौपानेले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्