सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई सरकारको आग्रह – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई सरकारको आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, काठमाडौं
सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेका यातायात व्ययवसायीसँग कुरा गर्दै मन्त्री वसन्त नेम्बाङले विषम परिस्थितिका कारण बन्द हुन पुगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्र्नु व्यवहारिक नहुने बताउनुभयो । सबै क्षेत्रका व्यवसायीलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि सार्वजनिक यातायात व्यवसायीले भने बिभिन्न सर्त राख्नु उचित नहुने उहाँले बताउनुभयो । यातायात व्यवसायीले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफूहरुसँग कुनै छलफल नगरी निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका छन् । व्यवसायीले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित महसुस नगर्दा सम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्री सहित व्यवसायीका समस्या सम्बोधन गर्न माग गरेका छन् । सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा ४ वटा बिजुली गाडी चलाउने भएको छ । आधा मात्र यात्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्