दिल्लीका अदालतको काम कारबाही आउँदो ३१ जुलाई सम्मको लागि बन्द – Kanika Khabar
Monday, July 27Nepali News Portal

दिल्लीका अदालतको काम कारबाही आउँदो ३१ जुलाई सम्मको लागि बन्द

    मा प्रकाशित

कनिका डेस्क
असार ३१, दाङ
भारतमा कोरोना महामारी तीब्र गतिले फैलंदै गएपछि नयाँ दिल्लीको उच्च र अन्य अदालतको कामकारबाही आगामी ३१ जुलाई सम्मको लागि बन्द गरिएको छ । जस अनुसार आगामी ३१ जुलाई सम्मका लागि भारतको अदालती काम कारबाही प्रभावित हुने भएको छ । भारतको नयाँ दिल्लीको उच्च अदालतको प्रधानन्यायाधिशको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । यसबीचमा गहन मुद्दाको सवालमा भिडियो कन्फरेन्स मार्फत सुनुवाई हुनेछ भने अन्य मुद्दाको हकमा भने कुनै सुनवाई हुने छैन । कैदी बन्दीलाई सुनवाईको क्रममा अदालत ल्याईदा कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै यस्तो निर्णय गरिएको भारतको उच्च अदालतले जनाएको छ । भारतमा कोरोनाका कारण हालसम्म २४ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ९ लाख ३७ हजार भन्दा धेरै पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्