बोर्डको निर्णय : कक्षा १२ को परीक्षा रोकिदैन – Kanika Khabar
Saturday, June 27Nepali News Portal

बोर्डको निर्णय : कक्षा १२ को परीक्षा रोकिदैन

    मा प्रकाशित

काठमाडौँ, ९ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बिहान बसेको बोर्डको बैठकले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ शर्माले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्