काठमाडौँ, १६ वैशाख ।
शिक्षा मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षक नेताहरुबिच वार्ता सुरु भएको छ । वार्तामा शिक्षक महासंघका अध्यक्ष र उपाध्यक्षसहित चार जना छन् । सरकारका तर्फबाट मन्त्री पन्तलाई शिक्षा मन्त्रालयका सचिवले साथ दिएका छन् । आजको वार्ता ठोस निस्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
केहीबेर अगाडि सुरु भएको वार्ता सहमतिमा पुग्ने विश्वास गरिएको छ ।
नेपाल शिक्षक महासंघ आन्दोलनको स्वरुप परिवर्तन गर्न तयार देखिएको छ । महासंघको आज दिनभर बसेको बैठकले सरकारले मन्त्रिपरिषद्बाट पूरा गर्न सक्ने आफ्ना माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णयसमेत गरेको छ ।


