उद्धार, राहत र पुनर्स्थापनामा जुट्न काङ्ग्रेस भ्रातृ संस्थाहरूको अपिल – Kanika Khabar
Thursday, April 16Nepali News Portal

उद्धार, राहत र पुनर्स्थापनामा जुट्न काङ्ग्रेस भ्रातृ संस्थाहरूको अपिल

    मा प्रकाशित

काठमाडौँ । नेपाली काङ्ग्रेसका भ्रातृ संस्थाहरूले प्राकृतिक विपद्मा उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुट्न अपिल गरेका छन् । काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको संयुक्त बैठक पश्चात् जारी अपिलमा उद्धार, राहत र पुनर्स्थापनामा एक भएर जुट्न आग्रह गरिएको हो ।

अपिलमा भारी वर्षाका कारण देशभरनै जनजीवनलाई असर परिरहेको अवस्था दृस्टिगत गर्दै देशव्यापी एकता र देशव्यापी सतर्कता अपनाउन आग्रह गरिएको छ । विपदसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूको स्वयंसेवी समूह मार्फत कार्य गर्ने निर्णय गरिएको हो । प्रभावित क्षेत्रमा सोही अनुरुप समन्वय, सहजीकरण र स्वयंसेवामा उत्रिने क्रम सुरु गरिएकोसमेत जनाइएको छ ।

अपिलमा भनिएको छ, ‘प्रभावित क्षेत्रका साथीहरूलाई उच्च मानवीय भावले स्वयंसेवामा सहभागी बन्न आग्रह गर्दछौं ा’

विशेष गरेर कोशी र मधेस प्रदेशमा झनै उच्च सतर्कता राखेर विपदसँग जुध्नुपर्ने भएकोले इलाम जिल्लामा ठुलो संख्यामा भएको मानवीय क्षति, पाँचथर, रसुवा, उदयपुर,रौतहटलगायत अन्य जिल्लामा बाढी पहिरोमा भएको मानवीय क्षतिले सबैलाई मर्माहत बनाएको भन्दै थप मानवीय क्षति हुन नदिन राज्यको अझै गम्भीर तदारुकताका लागि अपिलसमेत गरिएको छ ।

काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्