कनिका खबर
साउन २४, दाङ ।
दाङमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । राप्ती राजमार्गमा शनिबार बिहान ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय गणेश विक, सोही ठाउँका ३२ वर्षीय ईश्वर चन्द, ४० वर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान जिल्ला बागचौर नगरपालिकाका २१ वर्षीय रोशण सुनार घाइते भएका हुन्।
घाइतेमध्ये चन्द र सुनारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
तुलसीपुरदेखि सल्यान खाद्यान्न बोकेर जाँदै गरेको लु १ ख ४३६६ नम्बरको ट्रक तुलसीपुर वडा नम्बर ४ साततलेस्थित खोलाको पुलबाट खसेको छ।