१५ शैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास – Kanika Khabar
Thursday, May 2Nepali News Portal

१५ शैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास

    मा प्रकाशित

कनिका खबर
साउन २६, स्याङ्जा
स्याङ्जाको चापाकोट नगरपालिकाले सञ्चालन गर्न लागेको अस्पताल भवनको शिलान्यास गरिएको छ । चापाकोट चार दार्सिङमा निर्माण हुन लागेको अस्पताल भवनलाई तोकिएको समयमै निर्माण सम्पन्न गर्ने गरी काम थालनी गरिएको नगरपालिकाले जनाएको हो । करीब ६ रोपनी क्षेत्रफलमा १५ शैयाको अस्पताल निर्माण हुने चापाकोट नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो । चार तलाको दश कोठे सुविधा सम्पन्न भवन निर्माण हुने गरी गजेन्द्र निर्माण सेवासँग ठेक्का सम्झौता भई कार्य थालनी गरेको र यसवर्ष पहिलो तलाको काम हुने र क्रमागत रुपमा तला थप गर्दै लगिने उहाँले बताउनुभयो । तीन करोड ९४ लाखको लागत अनुमान रहे पनि गजेन्द्र निर्माण सेवाले दुई करोड ९९ लाख पाँच हजार १४ मा ठेक्का सम्झौता गरी निर्माण थालेको हो । ग्रामीण भेगमा सुविधासम्पन्न अस्पताल तथा दक्ष चिकित्सक नभएकै कारण वर्षेनी बिरामीले उपचारको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनका लागि नगरपालिकाको पहलमा भवन निर्माण थालिएको हो । भवन निर्माणका लागि चापाकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड ९५ लाख, नेपाल सरकारको समपूरक कोषबाट गत आर्थिक वर्षमा ७० लाख र चालु आर्थिक वर्षमा ८७ लाख रकम विनियोजन भएको नगरपालिकाका लेखा अधिकृत तेजन गैह्रेले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्