लायन्स क्लब अफ दाङको भवन निर्माण हुँदै – Kanika Khabar
Monday, April 29Nepali News Portal

लायन्स क्लब अफ दाङको भवन निर्माण हुँदै

    मा प्रकाशित

शरद रेग्मी
साउन २८, दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को गाईडरमा लायन्स क्लव अफ दाङको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण हुने भएको छ ।
करिब दुई बिगाह जग्गामा डेण्टल अस्पताल स्थापना गर्ने निर्णय यस अघिनै भएको र हाल अफिस कोठा र हल कोठा निर्माण गरेर काम सुरु गर्न लागेको लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रतिनिधि सभाका माननीय सासद हिरा चन्द्र केसीले आफूले भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लायन्स क्लब अफ दाङका पुर्ब अध्यक्ष समेत रहेका सांसद केसीले पश्चिम दाङको विकासमा क्लवको अस्पतालले महत्वपूर्ण भूमिका सहित धेरै भन्दा धेरै जनताहरुलाई सेवा प्रदान गर्ने भन्दै यो निर्माणको काममा स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारको तर्फबाट समेत सहयोग प्राप्त हुनुपर्ने बताए ।
लायन्स क्लबका निवर्तमान अध्यक्ष एवं एरिया नम्बर ५ का कोषाध्यक्ष यज्ञबहादुर केसी भवन निर्माण समितिको सयोजक रहेका छन् ।
लायन्स क्लबको नाममा करिब दुई बिगाह क्षेत्रफल रहेको जग्गामा मास्टर प्लान्ट सहित अन्य आवश्यक भवनहरु थपिदै जाने संयोजक केसीले जानकारी दिए ।
शुक्रबार एक कार्यक्रमका बिच भवन निर्माणको काम सुरु हुने जानकारी प्राप्त भएको छ ।
यसैबिच सांसद केसीले बिहीबार तुलसीपुरमा पतन्जली योग समितिले निर्माण सुरु गरेको योगा हलको समेत निरीक्षण गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्