बाह्रबिसे लिपिङ मार्ग ठाउँ–ठाउँमा अवरुद्ध – Kanika Khabar
Saturday, June 27Nepali News Portal

बाह्रबिसे लिपिङ मार्ग ठाउँ–ठाउँमा अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन २९, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको भोटेकोशी बाढीले गरेको कटान र पहिरोका कारण अरनिको राजमार्गको बाह्रबिसे लिपिङ मार्गका ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । २६ किलोमिटरको उक्त सडक खण्डमा सवारीसाधान सञ्चालन पूर्ण रुपमा बन्द भएको छ । एक हप्तादेखि उक्त सडकमा पहिरो जान थालेको हो । भोटेकोशी नदीको बाढीले डाक्लाङमा ठूलो पहिरो गएको छ । झण्डै दुई मिटर सडक नदीले कटान गरेको छ । सो सडकमा ट्रयाक समेत खन्न नमिल्नेगरि सडक बगेको छ । त्यस्तै सानो डाक्लाङ स्थित सडकमा माथिबाट आएको पहिरोले सडक अबरुद्ध छ । खोल्सामा बाढी आएका कारण सानो डाक्लाङमा भीषण पहिरो गएको छ । सडक बन्द भएको सातादिन बितेपनि सो सडक कहिले बन्छ केही पत्तो छैन् । बाह्रबिसेदेखि नै लिपिङसम्मको सडक बाढीले दजनौं खण्डमा बिगारेको छ । बाढीले खाग्दल, जम्बु, शिरिशे, इलाका प्रहरी चौकी बाह्रबिसे छेउका सडक बगरमा परिणत बनाएको छ । बाह्रबिसेदेखि लिपिङसम्मको सडकखण्ड चिराचिरा परेका छन् । बिभिन्न खण्डमा भासिएका छन् । सडक बग्न थालेपछि सडक माथि र सडक आसपास रहेका बस्ती जोखिममा रहेका छन् ।डाक्लाङ पहिरोमाथि पनथली गाउँमा ३५ घरधुरी रहेको छ । उक्त पहिरोले सो बस्ती उच्च जोखिममा पारेको भोटेकोशी गाउँपालिका ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिनुभएको छ । झिर्पुको हिन्दी खोल्साले २५ घर उच्च जोखिममा पारेका छन् । उक्त सडकमा केन्द्रीय सरकारको उचित ध्यान पुग्नु पर्ने वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्