उदयपुरमा आगलागी हुँदा दुई जनाको मृत्यु – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

उदयपुरमा आगलागी हुँदा दुई जनाको मृत्यु

    मा प्रकाशित

उदयपुर । उदयपुरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७, बेल्टार बजारमा रहेको दुई घरमा आज मङ्गलबार बिहान आगलागी भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्