घोराही खानेपानीको निर्वाचन : महिला सदस्यको अन्तिम नतिजा सार्वजनिक, केसीको प्यानलै विजयी – Kanika Khabar
Sunday, May 10Nepali News Portal

घोराही खानेपानीको निर्वाचन : महिला सदस्यको अन्तिम नतिजा सार्वजनिक, केसीको प्यानलै विजयी

    मा प्रकाशित

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको महिला सदस्यको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार तीन जना महिला सदस्यका लागि भएको निर्वाचनमा ध्रुव केसीको प्यानलबाट उम्मेदवार दिएका तीनैजना महिला सदस्य विजयी भएका छन् ।
विन्दु पाण्डेयले २ हजार ५४,रेखा न्यौपानेले १ हजार ८ सय ६९ र उषादेवी थापाले १ हजार ६ सय ९४ मत प्राप्त गरी विजयी भएका छन् ।

आशा पुन घर्तीले १ हजार २ सय ५८ किरण गौतमले १ हजार २ सय २७ र सम्झना शर्माले ९ सय २८ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्