प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची – Kanika Khabar
Friday, June 19Nepali News Portal

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    मा प्रकाशित

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । आज प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल शुरु हुदै छ ।

संघीय संसद सचिवालयका अनुसार असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने र असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो ।

जस अनुसार असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । त्यसैगरी यी मन्त्रालयका सम्बन्धित मन्त्रीले असार ३ गते जवाफ दिने तय गरिएको छ ।

त्यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । त्यसैगरी यी मन्त्रालयका सम्बन्धित मन्त्रीले असार ४ गते जवाफ दिने तय गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्