काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज मङ्गलबार ‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सवेक्षण अनुसार देशभरि १० हजार ४ सय ११ निजी शिक्षण संस्था रहेका छन् ।
सार्वजनिक ‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ अनुसार यो सङ्ख्या निजी, सामुदायिक, गुठी लगायतबाट सञ्चालित विद्यालय, क्याम्पस र प्राविधिक–व्यावसायिक प्रशिक्षण केन्द्रको रहेको बताइएको छ ।
सर्वेक्षण अनुसार सबैभन्दा धेरै शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा छन् । देशभरिका कुल संस्थामध्ये बागमतीमा २ हजार ९ सय ३ अर्थात् २८ प्रतिशत छन् । कोशीमा १९ हजार १७, मधेसा १८ हजार ९१, लुम्बिनी १ हजार ५ सय ५६, सुदूरपश्चिम ९ सय ७, गण्डकी ८ सय ६२ र कर्णालीमा सबैभन्दा कम ३ सय ७५ शिक्षण संस्था छन् ।
हेर्नुहोस् प्रेस नोट


