२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०५ जना घाइते – Kanika Khabar
Monday, June 29Nepali News Portal

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०५ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जना र कोशी, गण्डकी तथा बागमतीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने काठमाडौँमा १८ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ३१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ५ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ९ जना, सुदूरपश्चिममा ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्