कोरोनाबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन – Kanika Khabar
Monday, October 26Nepali News Portal

कोरोनाबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन

    मा प्रकाशित

कनिका खबर
भदौं १, दाङ

कोरोनाबाट संक्रमित भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ ।

पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् ।

चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्