नेविसंघ इकाई समिति दाङद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी – Kanika Khabar
Thursday, May 2Nepali News Portal

नेविसंघ इकाई समिति दाङद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी

    मा प्रकाशित

कनिका खबर
भदौ १, दाङ ।
नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति महेन्द्र बहुमुखी क्याम्पस दाङले आज क्याम्पसमा ताला लगाएको छ । नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत आज सोमबार देशभरका क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको हो । इकाई सभापति शिवराज खनाल र सचिव कुलराज प्रोख्रेलद्वारा हस्तारित एक विज्ञप्ति जारी गरी तालाबन्दी गरिएको जानकारी गराइएको हो ।
नेपाल विद्यार्थी संघ इकाई कार्यसमिति महेन्द्र बहुमुखी क्याम्पस दाङले पनि केन्द्रीय कार्यक्रम अन्तर्गत तालाबन्दी गरेको इकाई सचिव कुलराज पोख्रलले बताए ।


नेविसंघले विद्यार्थी हकहितका लागि उठाएका मागहरू सम्बन्धी त्रिवीका पदाधिकारीसँग वार्ताको पहल गर्न जाँदा सम्झना खत्री लगायत त्रिवीका ८ जना विद्यार्थी नेताहरूलाई पक्राउ परेका छन् । त्यसैगरी विरगञ्जमा कोरोना सङ्क्रमण सम्बधी उपचारमा भएको अस्पतालको लापरवाही विरूद्ध र सङ्क्रमणकै कारणबाट मृत्यु भएकाहरूलाई क्षतिपूर्ति तथा नियमित स्वास्थ्य सेवा सुचारूको माग राख्दा पक्राउ परेका नेविसंघ नेता विकास तिवारीलाई रिहा गर्नुको साटो झुठा मुद्दा लगाई फसाईएको घटनाको विरूद्धमा तालाबन्दी गरिएको सचिव पोख्रेलले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्