मिनी ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई जना घाइते – Kanika Khabar
Wednesday, August 12Nepali News Portal

मिनी ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई जना घाइते

    मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तु नगरपालिका –०७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

तौलिहवा-भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा कपिलवस्तु, शुद्धोधन गाउँपालिका –०३ कटैयाभारीका २३ वर्षीय मोटरसाइकल चालक सन्तोष कहार गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११:१३ बजे मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका –०७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन् । दुबै जना घाइतेको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्