आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै – Kanika Khabar
Friday, September 11Nepali News Portal

आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    मा प्रकाशित

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस ‘फरक परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्‍याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन् ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्