पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

    मा प्रकाशित

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गर्दै रिहाको आदेश दिएका हुन् ।

साथै इजलासले जफत गरिएका सञ्चार माध्यमका सामग्री र श्रेष्ठको घरबाट लगिएका समान फिर्ता गर्न समेत आदेश दिएको छ ।

यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो । श्रेष्ठ गत बुधबार वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्