बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति परिवर्तन – Kanika Khabar
Friday, August 21Nepali News Portal

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति परिवर्तन

    मा प्रकाशित

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा विश्वासको मत लिने मिति परिवर्तन भएको छ ।

यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिने गरी तय गरिएकोमा अब भदौ ८ गते हुने भएको हो । प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।

मुख्यमन्त्री थापामगरले सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्