गृहमन्त्री गुरुङ भन्छन्- म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस् – Kanika Khabar
Friday, September 4Nepali News Portal

गृहमन्त्री गुरुङ भन्छन्- म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्

    मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफू कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयमा चिन्ता गर्नुभन्दा विपद् व्यवस्थापनमा प्राप्त परिणामलाई हेर्न आग्रह गरेका छन् ।

गुरुङले मन्त्रालयको कुर्सीमा बसेर कागजात समातेर मात्र नेतृत्व गर्नुपर्ने पुरानो सोच अब परिवर्तन हुनुपर्ने बताएदै विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड केन्द्र पूर्ण रूपमा सञ्चालनमा रहेको भन्दै उनले चिन्ता नगर्न आग्रह गरेका छन् ।

उनका अनुसार डिजिटल माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक भइरहेको छ । यसबाट विपद्को वास्तविक अवस्थाबारे जानकारी लिएर उद्धार तथा राहतका कामलाई छिटो र प्रभावकारी रूपमा अघि बढाइएको उनले बताएका छन् ।

गुरुङले विगतमा स्थलगत वास्तविकता नबुझी कार्यालयमा बसेर मात्र नेतृत्व गर्दा त्यसको परिणाम भोग्नुपरेको उल्लेख गर्दै पुरानै प्रणाली अपनाएर फरक र उत्कृष्ट परिणाम खोज्न दबाब दिनु आश्चर्यजनक भएको उनको भनाइ छ ।

उनले कार्यालयको टेबल पछाडि बसेर काम गर्नुभन्दा डिजिटल माध्यमबाट समन्वय र निर्णय प्रक्रिया छिटो तथा प्रभावकारी भइरहेको दाबी गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्